सरकार र सरोकारवाला संग कार्यशाला गोष्ठी सम्पन्न

12
VIEWS

विकाश सिंह महता/धनगढी,

सुदूरपश्चिमको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सम्बन्धि सरकार र सरोकारवाला निकाय बीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

निल हिरा समाजको आयोजनामा र सुदूरपश्चिम समाज धनगढीको समन्वयमा बुधबार धनगढी स्थित टेम्पल रीसोटमा उत्तरबेडिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितताको लागि एक कार्यक्रमका बिच कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।

सरोकारवाला निकाय र सरकार बिच आयोजना गरिएको कार्यशाला गोष्ठीमा एलजिबिटीक्यू को हक अधिकार र पहुचमा सहता ,सामाजिक सुरक्षा भत्ता पहुच कसरी सरकार सेवा प्रभाह गर्न सकिन्छ भन्ने विषयमा निल हिरा समाज यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक हितमा वकालत गर्ने मानव अधिकारकर्मी भुमिका श्रेष्ठ र सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यशाला गोष्ठीमा सुदूरपश्चिम सरकारका प्रतिनिधि , सरोकारवाला निकायका प्रमुख प्रतिनिधि ,निल हुरा समाज ,सुदूरपश्चिम समाज धनगढीकि अध्यक्ष करुणा नेपाल ,कार्यक्रम संयोजक राजु लामा र पत्रकार लगायतको उपस्थिति रहेको थियो।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार