बेलडाँडी । बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा रहेको शिव मन्दिरमा श्रीमदभागवत ज्ञानविज्ञान सप्ताह एवम् श्रीकृष्ण जन्मोत्सव धार्मिक महोत्सव भोली शुक्रवार देखि सुरु हुनेभएको छ । शिव मन्दिरको सर्वाङ्गिण विकासार्थ श्रीमदभागवत ज्ञानविज्ञान सप्ताह एवम् श्रीकृष्ण जन्मोत्सव धार्मिक महोत्सव भोली ७ गते देखि १३ गते सम्म संचालन हुने आयोजक समितिले जनाएको छ ।
सप्ताह महायज्ञ तथा धार्मिक ज्ञानविज्ञान महोत्सव शुक्रवार विहान १० बजे शोभा कलश यात्राबाट शुरु भई ११ बजे समुदघाटन गरिने जनाइएको छ । श्री सिद्धनाथ श्रीमद्भागवत ज्ञानविज्ञान सप्ताह तथा शिव मन्दिरको स्तरोन्नती लागि आयोजाना गरिएको जनाइएको छ । ‘यसमा स्थानीय, समाजसेवी, व्यापारी सबैको सहयोग आवश्यक छ ।’
श्री सिद्धनाथ श्रीमदभागवत ज्ञानविज्ञान सप्ताह एवम् श्रीकृष्ण जन्मोत्सव मुल आयोजक समितिको आयोजनामा हुने कार्यक्रममा प्रमुख कथावाचक श्री अच्युत शरण महाराज (धिताल)ज्यूद्धारा बाचन हुने जनाइएको छ ।
महायज्ञमा बिहान ८ बजे देखि १२ बजे सम्म श्रीमदभागवतको पाठपारायण, पूजाअर्चना, १००८ शालिग्राम परिक्रमा । दिउँसो १२ बजे देखि ४ बजे सम्म कथा प्रवचन, राष्ट्रिय कलाकारद्धारा भजन किर्तन तथा दिव्य झाँकी प्रदशनी, आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण । साँझ ६ बजे देखि ७ बजेसम्म बाल संस्कार अभियन्ता समिक्षा दास (गिरी) ज्यूबाट । साँझ ७ः३० बजे देखि १०ः३० बजे सम्म रात्रीकालिन भागवत चर्चा शिव चर्चा कथा प्रवचन, भजन किर्तन झाँकी प्रदर्शन गरिने जनाइएको छ ।
Discussion about this post