पुनर्वास । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । बुधबार राति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा गस्तीमा निस्केको शाहीसहित ९ जना प्रहरी टोली चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ ।
चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाही सहित ९ जनाको प्रहरी टोली भ्यान गस्तीमा निस्केको थियो । गस्तीमा निस्केका बेला पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको ईन्स्पेक्टर शाहीले जानकारी दिए ।
’खडखडे भईरहेको थियो, सम्झाएर नियन्त्रण गर्न खोज्दा म माथि २५/३० जनाको समुहले आक्रमण गरे ।’ उनले भने, आक्रमणबाट मेरो कानमा चोट लागेको छ, अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको छ ।’ आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए ।
आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा उपचार भएको थियो । आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको भनाई छ ।
यस अघि पनि पुनर्वासका स्थानीयले सशस्त्र प्रहरीमाथी आक्रमण गरेका थिए । भारती बजारबाट अवैध समान ओसारेको रोक्न खोज्दा लफडा भएको थियो ।
Discussion about this post