बेलडाँडी,असोज १० । बेलडाँडी फुटबल महोत्वस २०८१ को ट्रफी सार्वजनिक गरिएको छ । हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर बेलडाँडी वडा नं.२ मा रहेको एकता युवा समाजद्धारा आयोजित खुल्ला फुटबल प्रतियोगिता (बेलडाँडी फुटबल महोत्सव २०८१) को ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलन विहिवार सम्पन्न भएको आयोजकले जनाएको छ ।
दशैंको रौनका रुपमा परिचित बेलडाँडीको फुटवल महोत्वस एकता युवा समाजले विगत बर्षहरु देखिनै गर्दै आएको एकता युवा समाजका सल्लाहकार सदस्य केशब बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार यही १७ गते देखि खेल शुरु हुने जनाउनु भयो । उहाँले ‘भने हामीले टिम दर्ता अन्तिम मिति ०८१ असोज १६ गते साझ सम्म राखेका छौं र त्यसै साझ टाईसिट निकाल्ने तयारी भएको बताए ।’
यस्तै क्लबका महासचिव गणेश राज जोशीका अनुसार खेललाई भब्य र सभ्य बनाउनका लागि आफुहरु लागि परेको बताउदै प्रतियोगिताको विजेता टिमलाई १ लाख ५ हजार ५ सय ५५ रुपैया र उपविजेताका लागि ५९ हजार ९ सय ९९रुपैया सहित ट्रफी,प्रमाण पत्र,मेडल दिइने बताउनु भयो । प्रतियोगितामा सहभागि हुने टिमले ७ हजार ५ सयले इन्ट्री हुन पाउने बताउनु भयो ।
बेलडाँडी २ मा नव निर्मित ग्रिन पार्कमा कार्यक्रमको आयोजना गर्दै क्लबले बेलडाँडी गाउँपालिकाका वडा अध्यक्षहरुबाट ट्रफी सार्वजनिक गराएका थिए । उपस्थित जनप्रतिनिधीहरुले खेललाई मर्यादित बनाउन सुझाव दिएका थिए । ‘दशैको बेला घर बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई घर आउने हुदा यसलाई झन मर्यादित बनाउन पालिकाको साथ सहयोग रहने जनाएका थिए ।’
खेललाई सभ्य र भब्य बनाउन नयाँ खेलडाँडीले आफ्नो पहिचान बनाउने ठाउँ समेत भएकाले टिम सहभागि गराएर क्लबलाई सहयोग गरिदिन क्लबका अध्यक्ष ललित गिरीले सबैमा आग्रह गरे । दशैको मुखैमा हुने उत्साहजनक फुटबल महोत्सवको आनन्द लिन सबै खेलप्रेमीहरुलाई समेत अनुरोध गरिएको बताए । खेल सम्पन्न गर्न ५ लाख खर्च हुने अनुमान गरिएको छ ।
Discussion about this post