पुनर्वास अध्यक्ष कपको सेमिफाइनल खेलमा बेलडाँडीका खेलाडी निर्घात कुटिए, कुट्ने नेपाली सेनाका बहालवाला सिपाही

कञ्चनपुर, २९ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं. ६ मा जारी निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता–२०८१ वडा अध्यक्ष कपमा बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिला युवा समाजका खेलाडी निर्घात कुटिएका छन् ।

आज विहिवार दिउसो झिलमिला युवा समाज र सिद्धार्थ युवा क्लब च गाउँ बीच हुदै गरेको खेलमा खेलको २ मिनेट बाकी समय रहदा सम्म झिलमिला युवा समाजले ३ गोल र सिद्धार्थ युवा क्लबले २ गोलगर्दा सिद्धार्थ युवा क्लबका खेलाडी बहालवाला नेपाली सेना बिमल तामाङले झिलमिला युवा समाजका खेलाडी करन पाल ठकुरीलाई निर्घात कुटेका हुन् । तामाङले पछाडीबाट हानेको लात्ताले ग्राउण्डमा ढलेका उनलाई बाहिरका सिद्धार्थ क्लब सर्मथकले निर्घात कुटेका हुन । उनीहरुले ढलेकै मौका पाउदा ठकुरीलाई फुटबल बनाई निर्घात कुटेका छन् ।

खेलरोमान्स भइरहेको थियो पुनर्वासको टिम हार्ने भएपछि उनीहरु रिस र जोसका साथ उल्टासुल्टा खेलिरहेका थिए । घटना घट्नु अघि ति कुटिएकै करन पाल ठकुरीको खुटमा रहेको बलमा हान्ने बहानाले उनको खुट्टामा प्रहार गर्दा ठकुरी ढले र अपिल गरे त्यो अपिल पछि ढिला गरि रेफ्रीले सुने रेफ्री ति खेलाडी कहाँ पुग्नेबेला करन जित्ने जोशले होला जुरुक्क उठेर हास्दै हिन्न थाले सोही हासेकै देखेर पछाडीबाट सिद्धार्थकै खेलाडी बहालवाला नेपाली सेनाकै मान्छे तामाङले पछाडीबाट दौडेर उनको ढाडमै लात्ता प्रहार गरेर फालिदिए । त्यती बेला अन्य सिद्धार्थका खेलाडी शुभचिन्तकले समेत उनीमाथी निर्घात कुटपिटगर्दा गम्भिर घाइते भएका ठकुरीलाई उपचारका लागि धनगढी लगिएको छ ।

ठकुरी सुदूरपश्चिमै होनहार राम्रो पिलियरमा गनिन्छन् । राम्रो पिलियर भएकै कारण उनी निशानामा थिए । उनी मिजासिला शोभावका थिए त्यही भएर उनी दुःखमा समेत हास्न पुगे त्यही हासो उनको लागि झन पिडा बन्यो ।

पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन युवा क्लबको आयोजनामा खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ क्लबको घरेलु खेलमैदानमै यस्तो घिनलाग्दो कार्यहुदा सामाजिक संजालभरी आयोजक र सिद्धार्थ युवा क्लब च गाउँ प्रति घ्रिणा गर्न थालिएको छ । पाहुना बनेर बेलडाँडीको कुना गाउँबाट खेलप्रर्दशनका लागि त्यहाँ पुगेका खेलाडी निर्घात कुटिनी निन्दनिय भएको जनाउदै आएका छन् ।

पुनर्वास च गाउँकै अराजक समुहले यस भन्दा पहिला पनि त्यही त्रिभुवन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक माथी कुटपिट गरेका थिए । प्रहरी निरीक्षक माथी हात हाल्न सक्नेले सामान्य खेलाडीमाथी हात हाल्नु उनको लागि कुनै ठुलो कुरा थिएन । राज्यले लगानी गरेको ठाउँमा त यस्तो दादागिरी नहुनुपर्ने पुनर्वासीहरुको भनाई छ । उनीहरुका अनुसार यस्ता अराजकतत्वहरुलाई कसले पाखा लगाउने भन्ने अन्यौल रहेको छ ।

क्लबले यस विषयमा भोलि पिडितलाई न्याय हुने गरी छलफल गर्ने जनाएको छ । यता पिडित क्लबले न्यायका लागि प्रहरीमा उजुरी दिएका छन् । झिलमिला युवा समाजका युवाहरुले त्यस्ता अराजकहरुलाई पदमुक्त गर्नुपर्ने जनाएका छन् । सेनाको प्रतिनिधित्व भएको टिममै सेनाको बेजति हुने गरि कार्यगर्नेलाई कडाकार्वाहीको माग अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित