डिल्लीराज पन्त कञ्चनपुर, कार्तिक २९ : कञ्चनपुरका युवा विद्यार्थीले नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएका सबै सरचना नभत्काएर आन्दोलनको चेतावनी दिएका छन । भीमदत्त नगरपालिका मातहत आएको नगर विकास समितिको जमिन केही व्यक्तिले संस्थाको नाममा लिएर रजाई गरिरहेको भन्दै सबै अवैध सरचना भत्काएर सरकारी जमिन खाली गर्नुपर्ने बताएका छन ।
‘सरकारी जमिनमा अवैध घर बनाउन बजेट ल्याउने सांसद मन्त्रीदेखि निकासा गर्ने कर्मचारीमाथि कार्बाही गर्नुपर्ने बताएका छन, यस्तो कार्य भ्रष्टाचारजन्य पनि भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका भ्रष्टाचारबिरुद्धमा कार्यरत सरकारी निकायले समेत छानबिन अघि बढाएर कार्बाही गर्नुपर्ने बताए । नागरिकले आफ्नै घर आफ्नै कमाईबाट बनाउँदा सरकारी निकायमा लालपुर्जा पेश गर्नुपर्ने अनि सरकारी जमिन अतिक्रमण गरेर लाखौँ, करोडौँ रकम ल्याएर अवैध सरचना बनाउँदा उनीहरुको लालपुर्जा किन मागिएन यो त संस्थागतको पनि महाभ्रष्टाचार भएको विद्यार्थी युवाको ठहर छ ।
बुधबार युवा विद्यार्थीले जिल्ला प्रशासन र भीमदत्त नगरपालिकामा डेलिगेशन दिर्दै आफु निकट व्यक्तिका जोगाउने अरुका भत्काउने भन्दै सबै अवैध सरचना भत्काएर सरकारी जमिन सरक्षणमा जोडदिएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता सुरेश भट्टले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी परर्शुराम अर्याल र भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई भेटेर सरकारको लगानी भएका भवन नभत्काउने बाहानाबाजी गरेर अतिक्रमणलाई सरक्षण गर्न नहुने चेतावनी दिएका छन । उनले सरकारी सबै अवैध सरचना भत्काएर सरकारी सम्पत्ती सरक्षणमा जोडदिएका छन । नेकपा माओवादी केन्द्रका नेता सिके भट्टले भीमदत्त नगरका प्रवक्ता पदम अवस्थीलाई टेलिफोन नै गरेर सरकारी लगानी भनेर अवैध सरचना सरक्षण गर्न नहुने बताए ।
‘नेपाल सरकारले लगानी वैध सरचनामा लगाउने हो, ‘उनले भने, ‘कुनै सांसद, मन्त्रीको पहलमा आएको बजेटमा बनेको सरचना भनेर पन्छिन हुँदैन ।’ सरकारी जमिन अतिक्रमण गरेर बनाएका सरचनामा सरकारको लगानी गर्ने निकाय व्यक्तिमाथि पनि छानबिन गर्नुपर्ने माओवादी नेता भट्टको भनाई छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पशुराम पोखरेलले सार्वजनिक जमिन सरक्षणको दायित्व प्रशासन र पालिकाहरुको भएकाले उनीहरुले आ–आफ्नो क्षेत्रमा रहेका अवैध सरचना खालीदेखि सरकारी जमिन सरक्षण गर्ने निर्णय गरेका छन ।
सरकारी जमिन अतिक्रमण गरेर बनाएका सरचनामा सरकारको लगानी भन्दै बहानाबाजी गरेर दोहोरो जनतामाथि घात भएको आन्दोलनमा उत्रिएका युवा विद्यार्थीको भनाई छ । भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अतिक्रमण हटाउने कार्य निरन्तर अघि बढ्ने बताउदै नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध सरचना खाली गराउन विभेद नगरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले सरकारी अतिक्रमित जमिन खाली गराउने बताए ।
Discussion about this post