काठमाडौंः नेपाली टोलीले एसियाली एम्पुटी फुटबल प्रतियोगिता खेल्न नेपाली टोली आज मंगवार बंगलादेश प्रस्थान भएको छ । बंगलादेशको ढाकामा हुने एसियान एम्पुटी च्याम्पियनसिपका लागि नेपाली एम्पुटी पुरुष राष्ट्रिय टिमको विदाई गरिएको हो ।
हिजो राष्ट्रिय खेलकुद परिषदको सभाहलमा आयोजना गरेको खेलाडीलाई शुभकामना प्रदान कार्यक्रम सदस्य सचिव टंकलाल घिसिङले जितको शुभकामना दिदै फुटबल विकासका लागि आएको बजेट एम्पुटी फुटबल लाई पनि समावेश गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघलाई पत्राचार गर्ने बताउनु भयो । उनले, शारीरिक रुपमा भन्दा मानसिक रुपलाई माथी उकास्न खेलकुद महत्त्वपूर्ण हो । यो खेलमा सहभागी हुनु भएकोमा खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा अझै थप साथ सहयोग रहने छ ।
एम्पुटी फुटबलको बारेमा सदस्य सचिव टंकलाल घिसिङ लाई खेलाडी राजु श्रेष्ठले एउटा खुट्टा नभएका र एउटा हात नभएका व्यक्तिहरुले खेल्ने खेल रहेको यो फुटबल हो भनी जानकारी दिनु भयो । खेलाडी लाई दोसल्ला ओढाएर जितको शुभकामना दिदै विदाई गरिएको थियो ।
पारा ओलम्पिक कमिटी संग आबद्धता रहेको एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बंगलादेश जान लागेको यो इतिहास नै हो,एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्ली बहादुर बिष्टले बताउनु भयो ।
प्रतियोगितामा ६ वटा टिममा नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्र तामाङले बताए । उनले भने, खेलाडीहरु लाई छोटो समय भयो प्रशिक्षण गराउन यो प्रतियोगिताको लागि तर अट्याकिङ खेल्ने छौँ र जित निकाल्ने तिर खेलाउने छौँ ।
फेब्रुअरी ५ देखि १२ तारिखसम्म बंगलादेशको ढाँकामा हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय टोलि मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतियोगितामा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंहले सहभागिता जनाउने छन् ।
प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन्। प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ ।
Discussion about this post