प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित, गृहमन्त्रीको राजीनामाको मागमा विपक्षी अडिग

काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलको अवरोधका कारण भोलिसम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना टाँस्दै बैठक १४ जेठ बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलहरूले आजको बैठक चल्न दिएका थिएनन्।

बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूबीच सहमतिको प्रयास गरेका थिए। उपसभामुख, प्रमुख सचेतक र मुख्य सचेतकहरूको उपस्थितिमा भएको छलफलमा कुनै पनि पक्ष आ–आफ्नो अडानबाट पछि नहटेकाले सहमति हुन सकेन।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री लेखकलाई संसदमा आफ्नो पक्ष स्पष्ट गर्न दिनु पर्ने अडान राखे पनि विपक्षी दलहरू राजीनामा र छानबिन समिति गठन नहुन्जेल सदन नचाल्ने अडानमै अडिग रहे।

भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुली गर्दै नेपाली युवालाई विदेश पठाएको घटनामा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरू आक्रोशित छन्। गृहमन्त्री लेखक आजको बैठकमा जवाफ दिन उपस्थित भए पनि विपक्षीले उनलाई बोल्न नदिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेर सहमतिका लागि पुनः प्रयास गरेका थिए। तर सहमति जुट्न नसकेपछि उनले बैठक भोलिसम्मका लागि स्थगित गराउने सूचना सार्वजनिक गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित