बाजुराको काडाकोटमा बोलेरो दुर्घटना, तीनजनाको मृत्यु

बाजुरा, जेठ १३ – बाजुराको बडीमालिका नगरपालिका–८ काडाकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाको बोलेरो पिकअप (गा. नं. वा ५ च २२‍०९) सोमबार बिहान करिब ९:४५ बजे कोल्टीबाट जगन्नाथ गाउँपालिकातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। नयाँ BTS टावर जडानका लागि सामाग्री बोकेको गाडी अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का, गरुडा सेक्युरिटीमा कार्यरत सुरक्षागार्ड रविन्द्र बहादुर धामी (ID नं. २९०८५) र गाडी चालक करण महतोको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

सोही गाडीमा सवार दुई मजदुरमध्ये एकको अवस्था गम्भीर रहेको छ भने अर्को सामान्य घाइते छन्। घाइतेहरूको उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टेलिकमको प्राविधिक टोलीले जगन्नाथ गाउँपालिकामा संचार सेवा विस्तारका लागि उक्त यात्रा गरिरहेको थियो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित