बेलडाँडी/असार ४— बेलडाँडी गाउँपालिकाले वडा नं. १, २, ३ र ४ का कार्यालयहरूलाई भूमि समस्या समाधानसम्बन्धी सूचना सूचनापाटीमा टाँस गर्न निर्देशन दिएको छ।
भूमि समस्या समाधान आयोग, जिल्ला समिति कञ्चनपुरबाट प्राप्त पत्र (च.न १२३, मिति २०८२/०३/०३) अनुसार, विगतका आयोग, समिति तथा कार्यदलहरूले अधुरो छोडेका कामहरूलाई सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो।
कार्यविधि २०८१ को दफा ४ को उपदफा ३ बमोजिम, सम्बन्धित वडा कार्यालयहरूले आयोगबाट प्राप्त सूचना तथा विवरणहरू सूचना पाटीमा टाँस गरी आम नागरिकलाई जानकारी गराउनु पर्नेछ। साथै, सूचना टाँस गरिएको सम्बन्धमा गाउँपालिकालाई समेत जानकारी गराउन भनिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री वीर बहादुर ऐरद्वारा हस्ताक्षरित उक्त सूचनामा भनिएको छ, “भूमि समस्या समाधानको प्रक्रियालाई प्रभावकारी बनाउन वडा कार्यालयहरूको सक्रिय सहभागिता अनिवार्य छ। आयोगको निर्देशनअनुसार समयमै सूचना टाँस गरी जानकारी गराउन अनुरोध गरिन्छ।”
गाउँपालिकाले सार्वजनिक सरोकारको विषयमा स्थानीयबासीको पहुँच सुनिश्चित गर्न यस प्रकारका सूचनालाई प्राथमिकतामा राख्दै आएको छ।
Discussion about this post