सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन गर्दै

काठमाडौं : सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन गर्दै सुरु गरेको छ ।

इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्नेका लागि नामावली संकलन गर्न थालिएको छ ।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।

इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित