काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले अवरोध गरेका छन्।
बैठक सुरु हुनासाथ रास्वपाका सांसद हरि ढकाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले धारणा राख्दै गृहमन्त्री रमेश लेखकविरुद्ध छानबिन समिति बनाउनुपर्ने माग दोहोर्याएका थिए।
उनीहरूको मागमा सुनुवाइ नभएको भन्दै रास्वपा सांसदहरू वेल घेरेर नाराबाजीमा उत्रिएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि संलग्नता रहेको आरोप लगाउँदै दुवै दलले गत जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
यसैबीच, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूहरूले संसद् बैठक बहिष्कार गर्ने बताएका छन्।
Discussion about this post