रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा खुकुरी प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले गए राति ३० वर्षीया श्रीमती देविका बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए । घटनास्थलमै गम्भीर घाइते भएकी देविकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनामा प्रयोग भएको खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ
हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
Discussion about this post