मुक्ति समाजमा नेतृत्वप्रति असन्तुष्टि, ११ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको भातृ संगठन मुक्ति समाजमा गम्भीर आन्तरिक असन्तुष्टि चुलिँदै गएको छ। हालै सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित ११ जना केन्द्रीय सदस्यले संगठनको नेतृत्वप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेहरूमा पार्टीको प्रदेश कमिटीका सदस्य लक्ष्मी बिक, सत्यराज स्नेही, बलभद्र दयाल र लालबहादुर बिक रहेका छन् भने अन्य राजीनामा दिनेमा सुन्दर जैरु, प्रेम भूल, हंश नेपाली, सुशिला मिजार, कलावती लावड, रमेश तिरुवा र दिनेश नेपाली रहेका छन्।

उनीहरूले कार्यविभाजन प्रक्रियामा एकल निर्णय, समन्वय अभाव र पक्षपाती नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।
सुदूरपश्चिमका चार जना प्रदेश कमिटी सदस्यलाई बेवास्ता गर्दै कञ्चनपुरका भारमल सुनारलाई प्रदेश इञ्चार्ज बनाइएको।

संगठनभित्र स्वेच्छाचारिता, अधिनायकवादी र पक्षपाती निर्णय प्रक्रिया विद्यमान रहेको। कार्यविभाजनमा अग्रज नेतृत्व र प्रदेश कमिटीसँग कुनै समन्वय नगरी गरिएको एकल निर्णय।

राजीनामा पत्रमा भनिएको छ, “संगठन सुदृढ बनाउने प्रारम्भिक सहमति बेवास्ता गरिएको छ। यस्तो निर्णय न प्रदेश नेतृत्वसँग समन्वयमा गरिएको हो, न अग्रज नेतासँग छलफल गरिएको हो।”
राजीनामा दिने सदस्यहरूको भनाइ अनुसार, नेतृत्वले आफ्नो कार्यशैली र निर्णयहरू नसच्याएमा सुदूरपश्चिमका ९ वटै जिल्ला अध्यक्ष र अन्य केन्द्रीय सदस्यहरू पनि राजीनामा दिन तयार अवस्थामा छन्।

यद्यपि उनीहरूले संगठनप्रतिको प्रतिबद्धता यथावत् रहेको जनाउँदै, नेतृत्वमा देखिएको व्यवहार र निर्णय प्रक्रियामा सुधार नभएसम्म जिम्मेवारी वहन गर्न नसक्ने बताएका छन्।
मुक्ति समाजमा देखिएको यो असन्तुष्टि केवल व्यक्तिको मुद्दा नभई, नेतृत्वको निर्णयशैलीप्रति गहिरो प्रश्न खडा गर्ने विषय बनेको छ। पार्टी नेतृत्वले यसलाई समयमै सम्बोधन नगरे असन्तुष्टि अझ गहिरिन सक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित