काठमाडौँ : सातवटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।
भेटमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए ।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूलाई उनीहरूको कार्यक्षेत्रमा संविधान बमोजिम जिम्मेवारी निर्वाह गर्न सुझाव दिँदै प्रदेशको समग्र समृद्धि र स्थायित्वका लागि संघ र प्रदेशबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए ।
भेटमा समसामयिक राजनीतिक अवस्था, प्रदेश सरकारको कार्यसम्पादन र आगामी योजनासम्बन्धी विषयमा समेत छलफल भएको थियो
Discussion about this post