कञ्चनपुर | कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधबार राति चोरी भएको छ।
वडाध्यक्ष पलबहादुर थापाका अनुसार अज्ञात समूहले कार्यालयको ढोका फोडेर चोरी गरेका हुन्। चोरहरुले कार्यालयबाट एक थान ल्यापटप, एक थान डेस्कटप कम्प्युटर र एक थान पंखा लगेको बताइएको छ।
“बुधबार राति ढोका फोडेर चोरले उपकरण लगेका छन्,” अध्यक्ष थापाले भने, “गत वर्ष पनि यस्तै चोरी भएको थियो। यसपटक फेरि घटना दोहोरिएको छ।”
उनले घटना लगत्तै इलाका प्रहरी कार्यालयमा जानकारी गराइएको र प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जानकारी दिए।
लगातार चोरीका घटनाले गाउँपालिकाको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठ्न थालेको छ। स्थानीयबासीले रातिको समयमा कार्यालय क्षेत्रमा सुरक्षा निगरानी कडा बनाउन माग गरेका छन्।





















Discussion about this post