बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
गाउँपालिकाको वडानम्बर ५ क्युडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको वडाध्यक्ष प्रदीप बुढथापाले जानकारी दिनुभयो। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहे पनि अहिले सम्मको प्राप्त जानकारी अनुसार उक्त जिपमा २६ जना सवार थिए।
जिपमा सवारमध्ये १५ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ। घाइतेहरूको उद्धार कार्य भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको बताइएको छ।
दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।थप विवरण आउन बाँकी छ।






















Discussion about this post