शैल्यशिखरका मेयरका छोरा सहित दुई जना कीर्ते कागजात प्रकरणमा पक्राउ

गोकुलेश्वर, दार्चुला – सरकारी कागजात किर्ते तथा जालसाजी अभियोगमा शैल्यशिखर नगरपालिकासँग सम्बद्ध दुई कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्।

पक्राउ परेका जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुवैजनालाई बुधबार जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको हो। उनीहरूविरुद्ध सरकारी कागजात किर्ते र जालसाजी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धान अनुसार, मालिकार्जुनस्थित अगुवा कृषक समूहको कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको पहिले नै निधन भइसकेको देखाएर दुबैले फर्जी कागजात तयार पारेका थिए। सो समूहको खाता निष्क्रिय भएको अवस्थामा, उनीहरूले आफ्नो पक्षधरका नाममा नयाँ हस्ताक्षर राख्न खोज्दै मृत घोषित व्यक्तिको कागजात बनाएका थिए।

गोकुलेश्वरस्थित ग्लोबल आईएमई बैंक शाखामा सो समूहको खातामा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराको हस्ताक्षर मान्य गरिदिन कृषि शाखा प्रमुख विष्टले पत्राचार गरेको प्रहरीले जनाएको छ। उक्त प्रयास ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने योजनासहित गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यस प्रकरणले स्थानीय तहभित्रको नैतिक पतन र शक्ति दुरुपयोगको गम्भीर संकेत दिएको भन्दै जनस्तरबाट पनि तीव्र आलोचना भइरहेकाले, प्रहरीले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित