काठमाडौँ : नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेताका छोराछोरीलाई सार्वजनिक विद्यालयमै अनिवार्य रूपमा पढाउनुपर्ने र विदेश पठाउन नपाइने निर्णयको तयारी भइरहेको बताएका छन्।
अखिल क्रान्तिकारी ले बिहीबार काठमाडौँमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले, पार्टीभित्र नै यस्तो व्यवस्था लागू गर्ने अन्तिम तयारीमा आफूहरू रहेको स्पष्ट पारे।
उनले स्थानीय तहका माओवादी सरकार प्रमुखहरूको छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने निर्णय पहिल्यै कार्यान्वयनमा आइसकेको उल्लेख गरे। अब पार्टी केन्द्रका शीर्ष नेताका सन्तानका हकमा पनि उस्तै नीति लागू गरिने उनको भनाइ थियो।
‘ प्रचण्डले भने, ‘अब सबै केन्द्रीय नेताहरूका सन्तानलाई पनि सार्वजनिक स्कुल वा क्याम्पसमा नै पढाउने, विदेश नपठाउने निर्णय गर्न लागिएको छ।’
उनले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न नेताहरूले नै अग्रसरता लिनुपर्ने र त्यसका लागि आफ्ना सन्तानलाई पनि त्यही प्रणालीमा जोड्नुपर्नेमा जोड दिए।






















Discussion about this post