सुनको भाउ स्थिर, चाँदीको भाउमा २५ रुपैयाँ वृद्धि

काठमाण्डौ : सुनको भाउ आज स्थिर रहेको छ भने चाँदीको भाउमा भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ हिजोको दरमै कायम रहेको हो। यद्यपि, अस्ति दिन भने सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु एक लाख ९८ हजार पाँच सय रुपैयाँमा पुगेको थियो।

त्यस्तै चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले वृद्धि भएर दुई हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ रहेको थियो।

महासङ्घले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार, डलरको विनिमय दर र माग–आपूर्तिको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित