गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना, उनी सकुशल

काठमाडौँ । लोकप्रिय गायक पशुपति शर्मा सवार गाडी स्याङ्जा जिल्लामा दुर्घटनामा परेको छ। स्याङ्जाको भिरकोट नगरपालिका–२, बयरघारीमा बुधवार भएको दुर्घटनामा गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।

श्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दधिराम न्यौपानेका अनुसार, सडकको कल्भर्टमा गाडी ठोक्किएर दुर्घटना भएको हो। “गाडीको अगाडिको भागमा क्षति पुगेको भए पनि सवार यात्रुहरू सबै सकुशल छन्,” न्यौपानेले जानकारी दिए।

गायक शर्मा वालिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। भाग्यवश, उनलाई कुनै चोटपटक लागेको छैन।

शर्मा हाल नेपाली लोकसंगीतको क्षेत्रमा लोकप्रिय नाम हुन्। उनका गीतहरू सामाजिक सन्देश र व्यंग्यात्मक शैलीका कारण सर्वसाधारणमा निकै लोकप्रिय छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित