अमरैयामा हुने ‘हरितालिका तीज विशेष कार्यक्रम २०८२’ को तयारी पूरा, समुद्घाटन संघीय सांसद तारालामा तामाङको करकमलबाट हुने

पुनर्वास । नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा द फंकी डान्स एण्ड जुम्बा स्टुुडियो पुनर्वास नगरपालिका–३, आई.बी.आर.डी.ले आयोजना गरेको ‘हरितालिका तीज विशेष कार्यक्रम २०८२’ को सबै तयारी पूरा भएको जनाएको छ ।

भोलि भदौ १० पुनर्वास नगरपालिका–२, अमरैमा हुने उक्त कार्यक्रममा सांगीतिक धमाका मच्याउनका लागि गायक तथा संगीतकार सनम परियार, हाँस्य कलाकार निशान परियार (पाँडे) र उद्घोषिका संगीता बुढालगायतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्ने द फंकी डान्स एण्ड जुम्बा स्टुुडियोका सञ्चालक तथा कोरियोग्राफर सन्तोष अवस्थीले जिकिर गरे । उनले कार्यक्रममा सम्पूर्ण नेपाली आमा-बुवा, दाजु-भाइ तथा दिदी-बहिनीहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणासमेत गरेको छ । कार्यक्रम दिउँसो २ बजेदेखि सुचारु हुने र कार्यक्रमको समुद्घाटन संघीय सांसद तारालामा तामाङको करकमलबाट हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित