बेलडाँडीको चवन्नी बजार पछाडि आज भब्य तीज लाग्दै

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२, चवन्नी बजार पछाडिको खुला मञ्चमा यस वर्ष पनि परम्परागत शैलीमै तीज कार्यक्रम आज आयोजना हुने भएको छ । महिला दिदीबहिनीहरूले विगत लामो समयदेखि निरन्तरता दिँदै आएको यो सांस्कृतिक उत्सवलाई यसपालि आज वडा नं. २ कार्यालयले थप व्यवस्थित र भव्य बनाउन सहयोग गर्ने जनाएको छ ।

वडा अध्यक्ष नारदसिंह उर्यालका अनुसार बिहान ११ बजेदेखि बेलुकीसम्म दिदीबहिनीहरूले रमाउन सक्ने गरी कार्यक्रम तय गरिएको छ । “पहिलेजस्तै तीजको उल्लासलाई निरन्तरता दिइएको छ । बेलडाँडी र आसपास क्षेत्रका दिदीबहिनीहरू सबैलाई सहभागिताका लागि यसै समाचारबाट आमन्त्रण गरिएको अध्यक्ष उर्यालले बताए ।,”

कार्यक्रममा दिदीबहिनीहरूलाई रमाइलो बनाउन टेन्ट र डिजे संगीतको व्यवस्था गरिएको छ । तर, वडा कार्यालयले यसलाई भड्किलोभन्दा पनि सभ्य र संस्कृतिपूर्ण तरिकाले मनाउन सबैलाई अनुरोध गरेको छ ।

चवन्नी बजारमा विगत धेरै वर्षदेखि तीज उत्सव सामुदायिक सद्भाव, खुशी र महिला सहभागिताको साझा मञ्च बनेको छ । यस वर्ष पनि दिदीबहिनीहरूको उल्लासमय भीडभाडले बजार क्षेत्र उत्सवमय बन्ने अपेक्षा गरिएको छ । साथै बेलडाँडी गाउँपालिकाको बैवाह सरस्वती मावि, झिलमिला बैजनाथ मावि तिर पनि लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित