हात्तीको ताण्डवले थरथराएको बेलडाँडी, पक्की घर, मन्दिर, भान्सा घर, शौचालय र धानबालीमा एकैसाथ आक्रमण

बेलडाँडी, कञ्चनपुर । बेलडाँडी गाउँपालिका र आसपासका क्षेत्रमा जंगली हात्तीको ताण्डव रोकिएको छैन । शनिबार साँझ करिब ५ः३० बजे बेलडाँडी–२ नबजागरण टोलमा जंगलतिरबाट आएको एक हात्तीले गाउँभरि आतंक मच्चाएको छ ।

स्थानीय धनसिंह मडैका अनुसार साँझ उज्यालो रहँदै गर्दा गाउँ पसेको हात्तीले पक्की घर, मन्दिर, भान्सा घर, शौचालय र धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । “जोगी दमाईको पक्की घरको झ्याल र शौचालय भत्कायो, घर समेत चर्काईदिएको छ । उनका अनुसार हात्तीले जय दमाई, नविन दमाई, स्वर्गीय प्रदेशी सार्कीकी श्रीमती भन्सा सार्की र नविन ओखेडा सहितका घर तथा खेतबारीमा पनि क्षति पु-याएको छ ।

हात्ती गाउँ पस्दा स्थानीयले होहल्ला मच्चाएर ज्यान जोगाएका थिए । “त्यो बेला हात्ती निकै आक्रामक थियो, होहल्ला नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो,” मडैंले भने ।

यसअघि पनि आरक्ष विस्तापितको घरमा समेत हात्तीको बथानले आक्रमण गरी घर र बाली नष्ट गरेको स्थानीयले बताएका छन् । लगातारको जनावर आतंकले बेलडाँडीका वासिन्दा त्रसित बनेका छन् ।

“कहिले चितुवाको डर, कहिले बाघ र अहिले हात्तीको ताण्डव । राज्यले अब ठोस कदम नचाल्ने हो भने  कहिले सम्म हामीले खुकुरीको धारमा जस्तै बाच्नु पर्ने हो भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन् । जंगली जनावर नियन्त्रणका लागि प्रभावकारी नीति र तत्काल हस्तक्षेपको माग स्थानीयवासीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित