खाल्टोमा जमेको पानीले लियो अनमोलको ज्यान

कञ्चनपुर । खाल्टोमा जमेको पानीमा डुबेर कञ्चनपुरमा एक बालकको निधन भएको छ । भीमदत्त नगरपालिका १० तिलकेनीका १२ बर्षिया अनमोल गिरीको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले पौडी खेल्न गएका गिरीको डुबेर मृत्यु भएको बताए ।
दशैँ सकिए लगत्तै दिपावली आउनु अघि नै खाल्टोमा जमेको पानीले अनमोलको ज्यान लिएपछि घर परिवार शोकमा डुबेको छ ।

कञ्चनपुरमा बर्षात शुरुवातसंगै सकिने बेलासम्मै नदीखोला, नाला जमेको पानीमा डुबेर बेपत्ता, घाईतदेखि मृत्युबरणका घटना हुँदा समेत दिर्घकालिन रोकथामका लागि तीनै तहका सरकारले चासो समेत राख्न नसकेका छैनन । सरकारले विश्वास नमानेका अभिभावक समेतले नाबालकको हेरचाह गर्न नसकेको चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित