कञ्चनपुरमा भोलिदेखि सरकारी कार्यालय खुल्ने

कञ्चनपुर । सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा घोषणा गरे पनि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले असोज २० गते सोमबारदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जारी गरेको सूचनामा भनिएको छ । “सुदूरपश्चिम प्रदेशमा मनसुनजन्य प्रभाव र विपद् कम देखिएको हुँदा सर्वसाधारण सेवाग्राहीको सुविधालाई मध्यनजर गरी असोज २० गते सोमबारदेखि यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू सुचारु हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि कञ्चनपुरमा त्यस्तो विपद् नदेखिएकाले सेवा अवरुद्ध नराख्ने जनाएको हो ।

सूचनामा जिल्लाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानलाई पनि आ-आफ्ना कर्मचारीलाई समयमै जानकारी गराई सेवा प्रवाह सुचारु गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित