बेलडाँडी । बेलडाँडी गाउँपालिकामा गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको नतिजा गत वर्षको तुलनामा झण्डै दोब्बर सुधार भएको छ ।
गाउँपालिकाले शैक्षिक सुधारको अभियान सञ्चालन गरेपछि यस वर्ष नतिजामा उल्लेखनीय वृद्धि देखिएको हो ।
यस वर्ष ४७ दशमलव २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने गत वर्ष २४ दशमलव ०६ प्रतिशत मात्र नतिजा आएको थियो । यसरी हेर्दा नतिजामा २३ दशमलव २ प्रतिशतले सुधार भएको देखिन्छ ।
गाउँपालिकाका १२ विद्यालयका ४ सय ९३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ सय ३३ विद्यार्थी उत्तीर्ण भएका छन् । एक विषयमा ८३ र दुई विषयमा ६७ विद्यार्थीको एनजी आएको छ भने २ सय ६० विद्यार्थी अवर्गीकृत भएका छन् ।
संस्थागत विद्यालयतर्फ भने दुई विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । बेलडाँडी ग्लोबल एकेडेमी बैवाह र सगरमाथा शिक्षा एकेडेमी झरनासागरका सबै विद्यार्थी उत्तीर्ण भएका हुन ्। सगरमाथाका १० र बेलडाँडी ग्लोबल बैवाहका ८ विद्यार्थी सहभागी भएका थिए ।
सरस्वती माध्यमिक विद्यालय बैवाहका १ सय १२ विद्यार्थीमध्ये ५४ जना(४८ दशमलव २१ प्रतिशत) उत्तीर्ण भएका छन् । २३ जनाको एक विषय र १५ जनाको दुई विषयमा एनजी आएको छ ।
त्यस्तै बैजनाथ मावि झिलमिलाका ३० विद्यार्थीमध्ये १४ जना (४६ दशमलव ६७ प्रतिशत) उत्तीर्ण भएका छन्। ८ जनाको एक विषय र ५ जनाको दुई विषयमा एनजी आएको छ ।
रौलेश्वर माविका ६९ विद्यार्थीमध्ये ३० जना (४३ दशमलव ४८ प्रतिशत) उत्तीर्ण भएका छन् । १२ जनाको एक विषय र १० जनाको दुई विषयमा एनजी आएको छ ।
सिंहपाल आधारभूत विद्यालय चन्दनवस्तीका ३७ दशमलव ५० प्रतिशत, सरस्वती मावि झरनासागरका ३७ दशमलव २१ प्रतिशत र सिद्धनाथ मावि चौफेरीका ४२ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयतर्फ गणेश माध्यमिक विद्यालय भुर्साबाट सबैभन्दा कम १३ दशमलव ३३ प्रतिशत नतिजा आएको छ। उक्त विद्यालयबाट ३० जना सहभागी हुँदा ४ जना मात्र उत्तीर्ण भएका छन्। ६ जनाको दुई विषयमा एनजी आएको छ भने २६ जना अवर्गीकृत छन्।
संस्थागत विद्यालयतर्फ कञ्चन ग्यालेक्सी पब्लिक स्कुलका ६ मध्ये ४ जना (६६ दशमलव ६७ प्रतिशत) उत्तीर्ण भएका छन ्। बेलडाँडी नवज्योति स्कुलका १६ मध्ये १४ जना (८७ दशमलव ५० प्रतिशत) उत्तीर्ण भएका छन्। मोडल चाइल्ड केयर बोर्डिङ्ग स्कुलका ३१ मध्ये २५ जना (८० दशमलव ६५ प्रतिशत) उत्तीर्ण भएका छन्।
यस वर्षको नतिजाले बेलडाँडी गाउँपालिकामा सञ्चालन गरिएको शैक्षिक सुधार अभियानले सकारात्मक प्रभाव पार्न थालेको संकेत दिएको छ ।




















Discussion about this post