प्रधानमन्त्री देउवा धनगढीमा

39
VIEWS

धनगढी :

प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबाहादुर देउवा धनगढी पुगेका छन्। उनी अहिले मंगरबार साँझ धनगढी पुगेको काँग्रेस कैलालीका सभापति नारायण भट्टले बताए। भट्टका अनुसार उनी आज धनगढीमा बस्नेछन्। उनी बुधबार गृहजिल्ला जानेछन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन्। देउवा बुधबार बिहान गृहजिल्ला पुग्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार