धनगढी । सुदूरपश्चिमका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित धनगढी-१ एल.एन. चोकमा “खुसी सुदूरपश्चिम शैक्षिक परामर्श” सञ्चालनमा ल्याइएको छ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, विश्वसनीय र प्रभावकारी सेवा दिने लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
संस्थाले जापान अध्ययनका लागि अक्टोबर सेसन २०२६ को आवेदनसमेत खुला गरेको छ । जापानका विभिन्न प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै भर्ना प्रक्रिया सुरु गरिएको संस्थाका व्यवस्थापक कृष्ण कुमार रोकायाले जानकारी गराएका छन् ।
उनका अनुसार न्यूनतम GPA २.० भएका विद्यार्थीले आवेदन दिन सक्नेछन् भने शिक्षा ग्याप भएका विद्यार्थीलाई समेत अवसर प्रदान गरिनेछ । जापान अध्ययनका लागि JLPT N5, NAT Test, JFT-BASIC, TOPJ वा १५०-२०० घण्टाको जापानी भाषा अध्ययन प्रमाणपत्रलाई मान्यता दिइने जनाएको छ ।
व्यवस्थापक रोकायाका अनुसार जापानमा अध्ययन गर्दा विश्वस्तरीय शिक्षा, अध्ययनसँगै पार्ट-टाइम रोजगारीको अवसर, सुरक्षित वातावरण र भविष्यमा उच्च शिक्षाको राम्रो सम्भावना रहने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ ।
संस्थाले टोकियो, ओसाका, क्योटो, योकोहामा, नागोया, फुकुओका र सापोरोजस्ता जापानका प्रमुख विद्यार्थी शहरहरूमा अध्ययनका लागि सहजीकरण गर्ने जनाएको छ । साथै विश्वविद्यालय भर्ना, छात्रवृत्ति मार्गदर्शन, भिसा प्रक्रिया, क्यारियर काउन्सिलिङ र प्रि–डिपार्चर गाइडसम्मको सम्पूर्ण सेवा उपलब्ध गराइनेछ ।
खुसी सुदूरपश्चिम शैक्षिक परामर्शले जापानसँगै कोरिया, अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा र जर्मनी अध्ययनका लागि समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । IELTS, PTE, JLPT, EPS-TOPIK तथा लोकसेवा तयारी कक्षासमेत सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
“तपाईंको भविष्य, हाम्रो मिशन” भन्ने नारासहित सञ्चालनमा आएको उक्त परामर्श संस्थाले विद्यार्थीलाई सही सूचना, पारदर्शी सेवा र अनुभवी काउन्सिलरमार्फत मार्गदर्शन गर्ने प्रतिबद्धता जनाएको छ ।
विदेशमा अध्ययन गर्ने सपना बोकेका विद्यार्थीलाई समयमै सम्पर्क गरी आवेदन प्रक्रिया अगाडि बढाउन संस्थाले आग्रह गरेको छ ।
सम्पर्क :
- ९८१०६६८५०७, ९८४७५१४४३१, ९८४०६६६५९७, ९८४८८८८३९७, WhatsApp: +८२१०५७२३९३८४




















Discussion about this post