साहित्य, समाजसेवा र जनउत्तरदायित्वमा सक्रिय भीमदत्तकी उपमेयर लेखक सम्मानित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी उपप्रमुख निलक लेखक सम्मानित भएकी छन् । साहित्य, कला, समाजसेवा तथा जनउत्तरदायी भूमिकामार्फत समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनलाई महाकाली साहित्य संगमले सम्मान गरेको हो ।

शुक्रबार आयोजित संगमको ३५औँ स्थापना दिवस तथा नेपाल–भारत बैद्धिक गोष्ठी कार्यक्रममा उपप्रमुख लेखकलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा महाकाली साहित्य संगमका पूर्व अध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल तथा टीएन जोशी लगायतले उनलाई सम्मान हस्तान्तरण गरेका थिए ।

महाकाली साहित्य संगमले उपप्रमुख लेखकले साहित्य, कला र सामाजिक क्षेत्रमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै सम्मान गरिएको जनाएको छ । कार्यक्रममा वक्ताहरूले उपमेयर लेखकको सरल, सालिन र जनमैत्री व्यवहारले नागरिकमाझ सकारात्मक छाप छोडेको बताएका थिए ।

उपप्रमुख लेखक विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय रूपमा संलग्न हुँदै आएकी छन् । नगरभित्रका विभिन्न समस्या प्रत्यक्ष रूपमा बुझ्ने, समाधानका लागि पहल गर्ने तथा विपन्न र असहाय परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराउने कार्यमा उनी अग्रसर रहने गरेकी छन् ।

त्यस्तै वातावरण संरक्षण र सरसफाइ अभियानमा समेत उनको विशेष चासो देखिँदै आएको छ । वृक्षारोपण, सार्वजनिक स्थल सरसफाइ, सामाजिक सचेतना कार्यक्रमदेखि महिला तथा विपन्न समुदायको हकहितका सवालमा समेत उनी निरन्तर सक्रिय रहँदै आएकी छन् ।

स्थानीयवासीका अनुसार उपप्रमुख लेखक औपचारिक कार्यक्रमभन्दा पनि प्रत्यक्ष जनसम्पर्क र सेवामूलक कार्यमार्फत नागरिकको मन जित्न सफल जनप्रतिनिधिका रूपमा चिनिन्छिन् । यही सक्रियता, समाजसेवा र सकारात्मक योगदानकै कारण उनी विभिन्न संघसंस्थाबाट सम्मानित हुँदै आएकी छन् ।

महाकाली साहित्य संगमद्वारा गरिएको पछिल्लो सम्मानलाई पनि उनको सामाजिक, सांस्कृतिक र मानवीय योगदानप्रतिको सम्मानका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित