बेलडाँडीका समाजसेवी शाहद्धारा सोमवारदेखि सुविधा सम्पन्न मिट पोईन्ट एण्ड फास्टफुड बार संचालनमा ल्याइदै

906
VIEWS

बेलडाँडी,
बेलडाँडीका समाजसेवी युवा शाहद्धारा सुविधा सम्पन्न मिट पोईन्ट एण्ड फास्टफुड बार संचालनमा ल्याउने तयारी पुरा भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको बेलडाँडी बजारमा बेलडाँडीका युवा समाजसेवी चेत बहादुर शाहले अहिलेको समयलाई मध्यनजर गर्दै सुविधा सम्पन्न मिट पोईन्ट एण्ड फास्टफुड बार संचालनमा ल्याउन लागेको बताए ।

उहाँका अनुसार भोलि सोमवार उक्त होटेलको औपचारिक रुपमा उद्घाटन गरि ग्राहकहरुलाई सेवा दिने तयारी पुरा भएको बताए । एक्सेस मिट पोईन्ट एण्ड फास्टफुड बारको भोलि दिउँसो ठिक ४ बजे उद्घाटन कार्यक्रम रहेकोले सम्पुर्ण बेलडाँडीवासीहरुमा आफुले प्रत्यक्ष भेटघाट र फोन मार्फत जानकारी नगराउन सकेका सम्पुर्ण माहानभाबहरुमा यसै सूचनालाई आधिकारिक निमन्त्रणा स्वीकारगर्दै उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

उनले थपे आफुले संचालन गरेको मिट पोईन्ट एण्ड फास्टफुड बारबाट फ्रि वाईफाई, फ्रि होम डेलेभरि, सस्तो अनि सुलभ, लेडिज र पारिवारि बसाई गोप्य, बारको छुट्टै ब्यबस्था, सुत्नको लागि रुमको ब्यबस्था, छिटो छरितो सर्बिस, गोप्य बैठक बस्न सकिने लगायतका सुविधा दिन लागेको जनाए ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार