कैलालीमा भन्सार छलिका औषधीसहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगपालिका–९ बाग्राकटानका ४२ वर्षीय भक्त रानालाई अबैध औषधीसहित पक्राउ गरेका छन ।
उनको झोलामा भारतबाट भन्सार छलिगरि ल्याउदै गरेको पेन्ट्रो प्राजोला २० पत्ता लगायत अन्य ७ किसिमका एक लाख ४८ हजार ३ सय ३८ रुपैया बराबरको औषधीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।























Discussion about this post