बेलडाँडी गाउँपालिकाले खेलकुद प्रति चासो बढाउदै, पहिलो पटक भेट्रान टिम निर्माण

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले पछिल्लो समयमा खेलकुद प्रति चासो देखाएको छ । पालिकाले पहिलो पटक भेट्रान टिम निर्माण गरि पुनर्वास नगरपालिकामा जारी शान्ति भेट्रान फुटबल कपमा आफ्नो टिम पठाएको छ ।

 

बेलडाँडीले निर्माण गरेको भेट्रान टिममा बासुदेव धामी (विमल),महेन्द्र शाहु (महेश),नारायण थापा,धिरेन्द्र धामी,नरेश बहादुर शाहु,गजेन्द्र थापा,विर बहादुर बडुवाल,नारायण सिंह ठगुन्ना,अर्जुन गिरी,देवलाल जोशी,विरेन्द्र बिष्ट,चक्र शाह,अभिमान थापा,दिपक नेपाली,हर्कराज जोशी र देव बहादुर बुढाथोकी टिममा परेका छन् ।

पुनर्वासन नगरपालिका वडा नं.१ मा रहेको शान्ति युवा क्लब अंशुवर्माबस्तीले “३५ पारि अझैपनि खेलप्रति मेरो लगाव र जिम्मेवारी” भन्ने नाराका साथ प्रथम शान्ति भेट्रान कप फुटवल प्रतियोगितामा बेलडाँडीको भेट्रान टिमले समेत सहभागिता जनाएको छ ।

२१ गते देखि जारी खेलमा आज चौंथो दिनको खेलमा बेलडाँडी भेट्रान टिम र पत्रकार भेट्रान समुह बिच १२ बजे खेल हुने समय तालिका रहेको छ ।

यसै क्रममा बेलडाँडी गाउँपालिकाले ३५ पारिका खेलप्रेमीहरुको हौसला बढाउन र नयाँ खेलाडीलाई पुराना खेलाडीबाट सकारात्मक प्रेणा मिलोस् भन्ने उदेश्यका साथ भेट्रान टिम निर्माण गर्न लगाएको पालिका प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार खेलमा हार जित भन्ने कुरा भन्दा पनि पुराना खेलडाँडीबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नु पर्नेभएकाले यस कार्यमा पालिकाले खुलेरै सर्पोट गरेको बताए । मानिस निरोगी हुनका लागि खेलकुद अति आवश्यक भएकाले हामीले खेलकुदमा बढी जोड दिन खोजेका छौ वहाँले भन्नु भयो ।

पछिल्लो समयमा युवाहरु कुलतमा फस्दै गरेको अवस्थालाई मध्यनजर गर्दै यसलाई रोक्नका लागिपनि पालिका खेलकुद क्षेमा जोडदिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित