पुनर्वास नगरपालिकाकाे अायाेजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

9
VIEWS

कञ्चनपुर,

कञ्चनपुरकाे पुनर्वास नगरपालिकाकाे अायाेजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

 

स्वास्थ्य शिविरमा महिलाका लागि निशुल्क स्तन क्यान्सरकाे चेकजाँच गरिएको हाे । पुनर्वास नगरपालिकाका ७६ जना महिलाको चेकजाँच गर्दा अाठ जना महिलामा स्तन क्यान्सरकाे शंकास्पद लक्षण भेटिएको थियाे ।

 

लक्षण देखिएकालाई समयमा नै उपचार गर्न चिकित्सकले सल्लाह दिनु भयाे ।स्तन क्यान्सरका कारण महिलाहरुकाे ज्यान समेत जान सक्ने भएकाले समयमै यसकाे निदान गरी उपचार गर्नु पर्ने स्तन क्यान्सर बिषेशज्ञ डाक्टर संजय पाण्डेले बताउनु भयाे । कामकाे ब्यस्तता र लाजका कारण महिलाहरु चेकजाँच नगर्दा जटिल समस्या निम्तिन सक्ने देखिन्छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार