लियो जिल्ला परिषद्को उपाध्यक्षका लागि महेन्द्रनगरका गिरीको उम्मेदवारी घोषणा

22
VIEWS

कञ्चनपुर,
लियो जिल्ला परिषद् ३२५ एन को जिल्ला उपाध्यक्ष पदमा कञ्चनपुरका मदन गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।

 

मंगलबार आयोजित एक कार्यक्रमका बिच लियो जिल्ला परिषद् ३२५ एन का जिल्ला सचिव समेत रहेका गिरीले लायन वर्ष २०२३/०२४ को उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका हुन् ।

आउदोँ फागुन २७ गते धनगढीमा पहिलो जिल्ला सम्मेलन हुदैँछ । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स ईन्टरनेसनल अन्तरगत रहेको लियो क्लबले समाज सेवासँगै युवामा नेतृत्व तथा क्षमता विकासका लागि काम गदैँ आएको छ ।

लियोको बृहत्तर विकास र विस्तारका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । सन् २०१५ देखि लियोमा आवद्ध रहेका गिरीसँग लियो क्बल अध्यक्ष, जिल्ला परिषद् निर्देशकसहित लामो समय बोर्डमा रहेर काम गरेको अनुभव छ ।

धनगढीमा हुने सम्मेलनमा दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरलगायतका लियो क्बलका प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार