कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले भवनको उद्घाटन गरेका छन ।
दुई तले चार कोठे नव निर्मित भवनको बेलडाँडी प्रमुख राना सहित उप प्रमुख शान्ति नाथ, वडाध्यक्षहरु गज बहादुर विष्ट, दुर्गा चौधरी, ईन्द्र खडका, कार्यपालिका सदस्य हर्कमती उपाध्यक्ष, सदस्य श्याम सिह रावल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाह सहितको उपस्थिती रहेको थियो ।
प्रअ विष्णूसिह भण्डारीले भवनसंगै विद्यालयको दैनिक पठन पाठनमा सहज हुने बताए । थप कक्षाकोठा भवन निर्माणमा जोडदिनुभयो । दरबन्दी नहुँदा निजी स्रोतका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकमा काम गरिरहेको बताए । प्राविधिक शिक्षाका कार्यक्रम ल्याउने प्रअ भण्डारीले बताए । सीपयुक्त शिक्षा अध्ययन गरेर ३२विद्यार्थी डिप्लोमा गरेर आईरहेको बताए । विद्यालयको शैक्षिक, भौतिक प्रगति भईरहेको दावि गरेका छन ।


Discussion about this post