बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडीको सरस्वती माध्यामिक विद्यालयले जनप्रतिनिधीलाई सम्मान एव स्वागत गरेको हो । बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्याम विद्यालयले स्वागत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाह, प्रध्यानाध्यापक विष्णूसिह भण्डारी, सहायक प्रध्यानाध्यापक राधाकृष्ण पाठकले टिका, खादा, फुलमाला लगाएका थिए । बेलडाँडीका प्रमुख हरिशचन्द्र राना, उप उप्रमुख शान्ति नाथ, १का वडाध्यक्ष जग बहादुर विष्ट, ३ दुर्गा चौधरी, ५ ईन्द्र खडका, कार्यपालिका सदस्य हर्कमती उपाध्यक्ष, वडा सदस्य श्याम बहादुर रावल सहितका जनप्रतिनिधीलाई सम्मान गरिएको छ । उनीहरुलाई विद्यालयको बृद्धि विकासका लागि अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित