संविधान सभा सदस्य बिष्टको पहलमा बेलडाँडीमा आँखा अस्पताल र राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तारका लागि पहल

5
VIEWS

बेलडाँडी,

संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता दिवान सिह बिष्टको पहलमा बेलडाँडी गाउँपालिकामा आँखा अस्पताल र राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तारका लागि पहल भएको छ ।

बेलडाँडीका जनताको सहज उपचारका लागि आँखा अस्पताल स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । नेता बिष्टले बेलडाँडी समृद्धिका लागि आँखा अस्पताल र राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थपनाका लागि पहल गरेका हुन । नेपाल नेत्र ज्योति संघ र गेटा आँखा अस्पतालका विशेषज्ञ, राष्ट्रिय बाणिज्य बैंकको बेलौरी शाखाका प्रमुख द्धारा अनुगमन समेत गरेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले जानकारी गराउनु भयो ।

अध्यक्ष रानाले नेपाल नेत्र ज्योति संघका अध्यक्ष डाक्टर भोजराज पन्तलाई बेलडाँडीमा अनुगमन गराउदै आँखा अस्पताल स्थापनाका लागि गाउँ पालिकाले बजेट समेत बिनियोजन गरिएको जनाए ।

बेलडाँडीमा आँखा अस्पताल स्थापना पछि उपचारका लागि गेटा पुग्नुपर्ने स्थानीयहरुलाई घर आँगनमै सेवा सहज हुने भएको छ ।

बेलडांडी गाउँपालिका मा यौटा पनि ९क० बर्ग को सरकारी बैंक नभएको अवस्था मा राष्ट्रिय बाणिज्य बैंक को शाखा बेलडाँडि मा लगत्तै बिस्तार गर्न को निम्ति संविधानसभा सदस्य दिवान सिंह बिष्ट ज्यु बेलडाँडी गाउँपालिका प्रमुख हरिचन्द्र राना ज्यु राष्ट्रिय बाणिज्य बैंक बेलौरी साखा प्रमुख संघ छलफल गर्दै ।लगतै बेलडाँडि गा पा मा राष्ट्रिय बाणिज्य बैंक स्थापना हुने ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार