सरस्वती जनता मावि बैवाहद्धारा ११को कक्षा सञ्चालन, शिक्षाशास्त्र, मानविकी तथा व्यवस्थापन विषय समूहमा भर्ना लिदै

11
VIEWS

बेलडाँडी,

बेलडाँडी गाउँपालिका वडा नं.४ मा रहेको सरस्वती जनता माध्यमिक विद्यालयले यही शैक्षिक सत्र २०७९ देखि ११ कक्षा सञ्चानल गर्ने अनुमति पाए संगै शिक्षाशास्त्र, मानविकी तथा व्यवस्थापन विषय समूहमा भर्ना लिन थालेको छ । एसइईको परीक्षाफल प्रकाशित भएसँगै यतिखेर धेरै विद्यार्थी कुन संकाय पढ्दा उपयुक्त होला भन्ने अलमलमा परेका बेला सरस्वती जनाता मावि बैवाहले १५ गते देखि भर्ना लिदै २५ गते देखि कक्षा प्रारम्भ हुने जनाइएको छ ।

विद्यार्थी भर्नाका लागि शिक्षकहरुले अभियान थालेका छन् । न्युन शुल्कमा गणस्तरीय पढाइ हुने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगबाट सिकाई सहजिकरण गरिने, गरिब, जेहेन्दार र लक्षित वर्गका विद्यार्थीहरुको लागि छात्रछात्राहरुलाई छात्रवृत्तिको व्यवस्था, पर्याप्त पुस्तक सहितको पुस्तकालयको व्यवस्था, दक्ष तथा अनुभुवी शिक्षकहरुबाट अध्यापन गराइने र अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरिने,प्रत्येक कक्षामा बढीमा ४० जना मात्र भर्ना गरिने विद्यालयले जनाएको छ । घर आगनमै विभिन्न संकायमा पढ्न पाइने भएपछि नयाँ विद्यार्थीहरुमा उत्साह छाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार