गंगादशहराको अवसरमा बेलडाँडी र लालझाडीमा भोलि स्थानीय सार्वजनिक बिदा

कञ्चनपुर । गंगादशहरा पर्वको अवसरमा कञ्चनपुरका बेलडाँडी र लालझाडी गाउँपालिकाले भोलि मंगलबार स्थानीय सार्वजनिक बिदा दिने जनाएका छन् । दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै पर्वलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रुपमा मनाइने उल्लेख गरेका हुन् ।

बेलडाँडी गाउँपालिका ले गाउँ गाउँपालिकाको मिति २०८३/०२/११ गतेको निर्णयअनुसार जेठ शुक्लपक्ष दशमीका दिन मनाइने गंगादशहराको अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघसंस्थामा स्थानीय सार्वजनिक बिदा दिएको जनाएको छ । गाउँपालिकाले पर्वले समुदायबीच सुख, शान्ति, समृद्धि र भाइचाराको भावना अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ ।

यस्तै लालझाडी गाउँपालिका ले पनि गंगा दशहरा मेलाको अवसरमा अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । गाउँपालिकाका अनुसार लालझाडी भकुण्डास्थित कालेश्वर महादेव नक्टाबाबा मन्दिर तथा रामलक्ष्मण वाटिकामा विशेष मेला लाग्ने भएकाले पर्वलाई स्थानीय समुदायले विशेष श्रद्धा र उत्साहका साथ मनाउने गरेका छन् ।

दुवै स्थानीय तहले गंगादशहराको अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित