बेलडाँडी,
आज संविधान दिवस जनताबाट निर्वाचित जन प्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइन थालेको छ । आज दिवसका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । यस्तै कञ्चनपुरका अन्य पालिकाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउदै छन् भने बेलडाँडीमा कांग्रेस नेतृत्वको स्थानीय सरकारक महाकाली सिंचाइ जलउपभोक्ता संघ द्धितिय चरणको समितिमा कांग्रेस निकटको आफ्नो प्यानलाई कसरी जिताउने भन्ने दाउमा छ । द्धितिय चरणका ४ वटा ब्लकहरुको भोली एकैसाथ निर्वाचन हुने भएको छ ।

Discussion about this post