लालझाडी,
गएको सनिवार अविर बर्षाका कारण दोदा नदीमा आएको बाढी गाउँ पस्दा लालझाडी गाउँपालिका स्वास्थ्य शाखामा स्टोर गरेर राखेको ८ लाख भन्दा बढीको औषधी पानीले भिजेर नष्ट भएको छ ।
सनिवारका राती बाढी आएकाले स्टोर गरेर राखेको स्वास्थ्य शाखाको औषधी पुरै पानीले भिजेर नष्ट भएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार राती पानी आएकाले हाम्रो जनप्रतिनिधीको टोली बाढी प्रभावित क्षेत्रमा परिचालन भर्यौ र कनुैपनी मानवीय क्षती दिएनौं, हामीलाई गाउँपालिका भन्दा पनि जनताको चिन्ता भएकाले पहिलो प्राथामिकता बस्तीका नागरिकको उद्धारमा लाग्यौं ।
सनिवार विदा भएकाले सबै कर्मचारी घर गएकाले औषधी व्यवस्थापन गर्न नसकिएको उहाँले जनाउनु भयो । अहिले वडाअध्यक्षहरुलाई क्षतिको डाटा संकलनका लागि परिचालन गरेका छौं । राज्यले क्षतिपुर्तीको व्यवस्था गरिदिनु पर्नेमा वहाँका जोडदार माग रहदै आएको छ ।
बाढी सुक्न लागेपनि बाढी प्रभावित क्षेत्रमा झाडापखाला जस्ता रोगहरु लाग्न सक्ने सम्भावना रहेकोले स्वास्थ्यकर्मीको टोलीलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।
Discussion about this post