८० रनको फराकिलो अन्तरले आयोजकलाई हराउदै भुडामा संचालित सिद्धेश्वर जयपृथ्वी क्रिकेट कप बैवाहले उचाल्यो

बेलडाँडी,
कञ्चनपुरको दक्षिण सिमा क्षेत्र भुडा गाउँमा असोज १२ गते देखि संचालन भएको क्रिकेट प्रतियोगिताको उपाधी बैजनाथ युवा क्लब बैवाहले आयोजकलाई ८० रनले हराउदै ट्रफी उचालेको छ ।

आज आयोजक संग फाइनल खेलेको बैजनाथ युवा क्लब बैवाहले उपाधी जित्न सफल भएको हो । पहिलो बेटिङ गरेको बैजनाथ युवा क्लबले १४९ रनको लक्ष दिए पछि आयोजक ६८ रनबनादै अलआउट भएको थियो ।

३३ हजार ३ सय ३३ रु नगर ट्रफी,प्रमाण पत्र सहित बैजनाथ युवा क्लब बैवाह खेलको विजेता बनेको थियो भने आयोजक टिमले २३ हजार ३ सय ३३ रु नगद,प्रमाण पत्र ट्रफी सहिति उपविजेता बनेको हो ।

बैजनाथका सामन्तले अर्ध सतक बनाएका थिए भने खेलको म्यानअफद म्याच बैजनाथकै साजन विटालु भएको बैजनाथ युवा क्लबका टिम म्यानेटर मोहन सिह महराले पश्चिम समाचारलाई जानकारी गराए ।
प्रतियोगितामा आयोजक सहित २४ टिमको सहागिता रहेको थियो । असोज १२ गते देखि शुरु भएको क्रिकेट प्रतियोगिता आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित