कांग्रेसका कार्यकर्ताहरू निर्वाचन अाचारसंहिताको धज्जी उडाउदै, घरबार बिहिन बनाएका अारक्ष पिडितलाई चुनावको मुखमा कपडा बाडेर फकाउदै

कञ्चनपुर ,
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले आरक्ष विस्थापितको शिविरमा गएर कपडा वितरण गरेको खुलासा भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविर क्षेत्रमा गएर कांग्रेस नेता शिरोमणि ओझा, राम चन्द ठकुरी लगायतले न्यानो कपडा वितरण गरेका हुन् । कपडा वितरणपछि चन्दले फेसबुकमा लेखेका छन्, ‘सेवा गर्न सेवा गर्ने हात चाहिन्छ । ढक्का आरक्ष शिविरमा हिउँदे लगाउने लत्ताकपडा वितरण गरियो ।’

नेता ओझाले फेसबुकमा लेखेका छन्, ‘आरक्षपीडित शिविर अन्तर्गत ८ टोल समितिभित्रका विपत्ति परेका ८५ परिवारहरूलाई डम्बर गुरुङज्यूको सहयोगमा न्यानो लुगाकपडा वितरण गरियो ।’ निर्वाचन लागू भइसकेको अवस्थामा कसैले पनि कपडा वितरण गर्न नपाइने निर्वाचन आचारसंहिता अनुगमन समिति कञ्चनपुरका संयोजक विष्णुदत्त जोशीले जानकारी दिए । उनले समितिको जानकारी आइसकेको विषयमा भोलि छलफल गरेर निर्णय लिइनेछ ।

स्मरणरहोस्, संकटकालका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सेना र हात्ती परिचालन गरेर आरक्ष विस्तारको बहानामा सयौं घरपरिवारलाई विस्थापित गरेका थिए । ती घरपरिवार अझै पुनःस्थापित हुन सकेका छैनन् । २ दशकभन्दा बढी समयसम्म विस्थापित परिवार बेघर भएको अवस्थामा कांग्रेसका नेता, कार्यकर्ता यतिबेला कपडा बाँडेर भोट किन्ने प्रयासमा देखिएका छन् ।

कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउँद प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । कपडा बाँड्ने कांग्रेस नेता शिरोमणि ओझाले फेसबुकमा उम्मेदवार साउँदका लागि भोट माग्ने गरेका छन् । प्रधानमन्त्री देउवाका एकदमै निकट र विश्वासपात्र मानिने नेता एनपी साउँदले त्यतिबेला स्थानीयलाई लखेट्दा कुनै मानवीय भूमिका समेत निर्वाह गर्न सकेका थिएनन् ।

त्यसपछि पनि ७ दिनभित्र पुनःस्थापना कार्यक्रम ल्याउने भनिए पनि विस्थापितले कुनै कार्यक्रम पाउन सकेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित