एमाले चुनावी प्रचारप्रसारमा खटिसक्यो ः अध्यक्ष विष्ट

कञ्चनपुर,
आउँदो ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुर चुनावी प्रचारप्रसारमा खटिएको छ ।

एमालेले कञ्चनपुरले जिल्लाका ३वटै निर्वाचन क्षेत्र र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रचारका लागि नेताहरुलाई जिम्मेबारी दिएर खटिएको छ । आइतबार एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलन पाटी जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले मंसिर ४ लाई केन्द्रीत गरेर जिल्लाभरी नेताहरुलाई जिम्मेबारी दिईएको बताए ।

एमाले अध्यक्ष विष्टले जिल्लामा उपाध्यक्ष लक्ष्मी बुढा, क्षेत्र १ केन्द्रीय सदस्य ईन्दु कडरिया(विष्ट), २ एमाले सल्लाहकार परिष्द सदस्य गोबिन्द कलौनी र ३मा लेखा आयोग सदस्य ईश्वरी प्रशाद खरेलाई निर्वाचन परिचालन कमिटिको जिम्मेबारी दिईएको बताए । ‘पार्टीले जिल्ला, संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्रीय कमिटिमा जिम्मेबारी दिएको छ, ‘अध्यक्ष विष्टले भने, ‘अब पालिका र वडामा समेत जिम्मेबारी दिन्छौँ ।’

उम्मेदबार सहित सम्पर्क कार्यालय उद्घाटनदेखि अन्य चुनावी काममा खटिएको बताउदै अध्यक्ष विष्टले संगसंगै सुुझाव संकलन गरिरहेको बताए ।

एमालेबाट निर्वाचन क्षेत्र २(ख)का उम्मेदवार समेत रहेका अध्यक्ष विष्टले दिर्घकालिन संचार नीति र योजना बनाउनका लागि पत्रकारसंग छलफल गरिएको बताए । ‘हामी सदैव प्रेस स्वतन्त्रताको पक्षमा छौँ, ‘उनले भने, ‘लामो समयदेखि प्रेसमा काम गरेका साथिहरुको समाजिक हितका लागि केही योजना अघि बढाउँछौँ ।’ अध्यक्ष विष्टले पार्टीले चुनावी घोषणा पत्र बनाउनेका लागि सुझाव संकलन गरिएको बताए ।

कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज तथा क्षेत्र ३ प्रतिनिधी सभा सदस्य निरुदेवी पालले पटक पटक एकै व्यक्ति, दोहोरिने कामबाट स्वयम पार्टीभित्रै विवाद चुलिने बताए । ‘हामीले राप्रपासंग पाटी एकता गरेका होईनौँ, ‘उनले भने, ‘राष्ट्रियता मिल्ने पार्टीसंग चुनावी कार्यगत एकता मात्रै हो ।’

एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज राजेन्द्र सिह रावलले सत्ताधारीको राष्ट्रियता, सिद्धान्त र नैतिकता बिरोधी समुह भएको बताउदै उनले एमालेले राप्रपासंग गरेको गठबन्धन राष्ट्रियता रक्षाका लागि भएको दावि गरेका छन ।

प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जी भट्टले संगठन मार्फत पत्रकारको सुझाव संकलन गरेर पाटीलाई कार्यान्यनका लागि दिने बताए । प्रेस चौतारी कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका सचिव मदन गिरीले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित