खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि बेलडाँडी सरकारको भब्य खेलमैदान बनाउने तयारी, अतिक्रमित जग्गा खाली गराउने सूचना जारी

बेलडाँडी, ६ असोज । खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि बेलडाँडी गाउँपालिकाले भब्य खेलमैदानको तयारीका लागि अतिक्रमित जमिन खाली गराउने ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

बेलडाँडीका अधिकांस युवाहरुको समस्यालाई मध्यनजर गर्दै पालिकाले भब्य खेलमैदान निर्माणका लागि प्रक्रिया अघिबढाएको छ । विभिन्न कुलतबाट युवाहरुलाई जोगाउन पछिल्लो समय खेलकुद आवाश्यक रहेको भन्दै खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने पालिका प्रमुख हरिशचन्द्र रानाको बुझाई छ । अहिले सम्म बेलडाँडीमा आफ्नो खेलमैदान छैन् । खेलमैदान नहुदा यहाँका खेलाडीहरु ओझेलमा परेको भन्दै पालिका गम्भिरतापूर्वक खेलमैदान निर्माणका लागि अघिबढेको उहाँको भनाइ छ ।

समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले वडा नं.२ को गौडी क्षेत्रको अतिक्रमित जमिन खाली गराउनका लागि ३५ दिने सूचना जारी गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै यस्तो कुरा उल्लेख गरेको छ : प्रस्तुत विषय सम्बाधमा यस बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत पूर्व नहर, पश्चिम खोला उत्तर साविक वाटो तथा दक्षिण सामुदायिक वन यति चार किल्ला भित्रको जग्गामा खेल मैदान निर्माण गर्ने भनि गाउँ कार्यपालिकाको मिति २०८१/०१/१३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय नं. ९ मा निर्णय भएकोमा दक्षिण साविक जंगल लेखिन छुट हुन गएकोले खेल मैदान निर्माणको लागि देहाय बमोजिम चारकिल्ला कायम गर्ने साथै उक्त चार किल्लाभित्र निर्माण भएका घर टहरा लगायतका सम्पूर्ण संरचनाहरु हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गर्ने भनि मिति २०८१/०५/१७ गते बसेको गाउँ कार्यपालिकाको निणय नंः ६ मा निर्णय भएकोले उक्त चौहद्धीभित्र रहेका घर टहरा लगायतका सम्पूर्ण संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन हुन सम्बन्धित सबैको जानकारीको लागि निर्णयानुसार यो सूचना, प्रकाशित गरिएको छ ।

बेलडाँडी गाउँपालिकाको यस्तो निर्णय यहाँका अधिकांस युवाले पालिका युवामैत्री हुनलागेको संज्ञादिन थालेका छन् । बेलडाँडी गाउँपालिकाले केहिदिन पहिला मात्र खेलकुद समितिलाई पुर्णता दिएका थिए । बेलडाँडी क्षेत्रको खेलकुद विकासका लागि अहिलेका अध्यक्ष राना सक्रिय भएका छन् । भने २०७७ मा एक पालिका एक खेलमैदान अवधारण सरकारले ल्याएका बेला समेत एमाले नेतृवको स्थानीय सरकारले उक्त अभियानलाई पुर्णता दिन सकेका थिएनन् । एमाले सरकारले नर्गन सकेको काम राना नेतृत्वको सरकारले धमाधम गरिरहेको स्थानीयको बुझाई छ । एमाले नेतृत्वकै पालामा १५ सैया अस्पतालका लागि खाली हुनुपर्ने जमिन एमालेले विवादमा आउन नचाहदा अलपत्र परेको थियो अलपत्र परेको कार्य राना नेतृत्वको काँग्रेस सरकारकै केहि ब्याक्तिले चर्को विरोध गर्दा समेत पालिका प्रमुख रानाले उक्त ठाउँ खालि गराएर प्रक्रिया अघिबढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित