कञ्चनपुर, असोज ६ । कञ्चनपुरका दुई अग्रज पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालले पत्रकार चित्राङ्ख थापा र लक्ष्मण तिवारीलाई पुरस्कार प्रदान गरिएको हो ।
पत्रकारद्वय थापा र तिवारीलाई नगद, प्रमाण पत्र सहित सम्मान गरिएको छ । उनीहरुलाई प्रेस काउन्सिल नेपालको ५५औँ बार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिएको छ । सुचना तथा संचारमन्त्री पुथ्वी सुब्बा गुरुङ्गले पत्रकारद्वय तिवारी र थापालाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गरेका थिए ।
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार थापा र अभियान दैनिकका सम्पादक तिवारी दशकौँदेखि कञ्चनपुरका समसामयिक राजनीतिक, समाजिक, आर्थिक, सुशासनका विषयमा मुद्दा उठान गर्दै आएका छन ।
पत्रकारको हकहितका क्षेत्रमा कार्यरत प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानका आधारमा पत्रकारद्वय तिवारी र थापालाई पुरस्कृत गरेसंगै उनीहरुले काय क्षेत्रमा थप उत्साह थपिदिएको बताएका छन ।
पत्रकारद्वय थापा र तिवारीले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको नेतृत्व सम्हालीसकेका थिए । पत्रकार तिवारीकै पालामा अर्का पत्रकार थापाकै पहलमा महासंघको भवन निर्माण शुरुवात भएको थियो ।
Discussion about this post