गंगादशहरा मेलामा बनदेवी मन्दिर समितिद्वारा भव्य भण्डाराको तयारी, एक लाखभन्दा बढीलाई प्रसाद खुवाइने

कैलाली – कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिरमा जेठ २१ गतेदेखि सुरु हुने गंगादशहरा मेलामा बनदेवी मन्दिर व्यवस्थापन समितिले भव्य भण्डाराको आयोजना गर्ने तयारी गरेको छ।

समितिका अध्यक्ष नन्दलाल साउदका अनुसार यस वर्ष मेलामा एक लाखभन्दा बढी भक्तजनलाई प्रसाद खुवाउने लक्ष्यसहित तयारी अघि बढाइएको छ। “विगतका वर्षहरूमा पनि हामीले भण्डारा सञ्चालन गर्दै आएका थियौं। यसपटक पनि ठूलो उत्साहका साथ तयारीमा जुटेका छौं,” अध्यक्ष साउदले जानकारी दिनुभयो।

चार दिनसम्म सञ्चालन हुने भण्डारामा पहिलो दिन राति ९ बजेदेखि नै खाना खुवाउने व्यवस्था मिलाइएको छ। मन्दिर परिसरमै सञ्चालन हुने भण्डारामा सहभागी हुन समितिले सम्पूर्ण भक्तजनलाई आग्रह गरेको छ।

समितिका सक्रिय सदस्य चन्नु केसीका अनुसार भण्डाराको व्यवस्थापनका लागि आर्थिक तथा भौतिक सहयोग जुटाउने अभियान पनि तीव्र रुपमा अघि बढाइएको छ। “जो-कोही भक्तजन, श्रद्धालु वा सहयोगी मन भएका व्यक्तिहरूले भण्डारामा साथ दिन सक्नेछन्,” केसीले भन्नुभयो।

गंगादशहरा मेलामा प्रत्येक वर्ष लाखौं श्रद्धालुहरू बेहडाबाबा मन्दिरमा दर्शन र पूजाआर्जना गर्न आउने गरेका छन्। यस वर्षको मेलामा भण्डाराले धार्मिक वातावरणको आकर्षणमा अझ बढोत्तरी गर्ने अपेक्षा गरिएको छ।

मेलाको धार्मिक महत्त्वसँगै सामाजिक एकता र सेवा भावनालाई समेत उजागर गर्ने गरी बनदेवी मन्दिर समितिको भण्डारा व्यवस्थापनले यो पर्वलाई थप गरिमामय बनाउने निश्चितप्राय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित