सरकारले बाल विकास केन्द्रको उपेक्षा गरेपछि भीमदत्तको बालबिकास केन्द्रमा रास्वपाद्धारा विद्युत र खानेपानी जडान

कञ्चनपुर, जेठ १४ देशका तीन सरकार उत्तिकै बालबालिका क्षेत्रमा कार्यरत संघ संस्था भएपनि जिल्लाको उत्तरी भेगमा रहेकोे विद्युत र खानेपानीको अभाव खेपिरहेकोे बालविकास केन्द्रमा राष्ट्रिय स्वतन्त्र पाटीले गरेको छ । भीमदत्त नगरपालिका ३ तिलकपुर राधाकृष्ण टोलमा रहेको समुदायमा सञ्चालित भिमदत्तको एकमात्र बालबिकास केन्द्र राधाकृष्ण बाल विकास केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ३ नम्बर वडा समितिले बिद्युत,खानेपानी जडान तथा पंखा र पाठ्य सामाग्री हस्तान्तरण गरेको छ ।

स्थानीय देखि प्रदेश केन्द्र सरकारले हालसम्म पनि बाल विकास केन्द्रमा पानी,विद्युत लगायत आधारभुत कुराको समेत जोहो गर्न नसक्दा सामाजिक दायित्व अन्तर्गत आफुहरूले उत्र् कार्य गरेको रास्वपाका वडा सभापति राम बहादुर जप्रलले बताउनु भयो । कार्यक्रममा बोल्दै रास्वपाका नेता ज्ञानेन्द्र महताले भिमदत्र् नगरपालिका क्षेत्र भित्र पनि बालविकास केन्द्र अवस्था नाजुक देख्दा दुस्ख लागेको बताउनु भयो ।

यो देशमा शिक्षा मन्त्रालय छ तर वालवालिकाहरू अहिले निशुल्क पढ्न पाउने अधिकारबाट अझै बञ्चित रहेका छन । भिमदत्र् नगरपालिकाको केन्द्रमा त बाल बिकासको अवस्था यस्तो दैयनिय छ भने ग्रामिण क्षेत्रमा रहेका यस्ता बाल बिकास केन्द्रको अवस्था कस्तो होला भनेर सहज अनुमान गर्न सकिन्छ महताले भन्नू भयो । उक्त कार्यक्रममा रास्वपाका नेता पदम बिष्ट तथा फणीन्द्र जोशीको समेत सहभागिता रहेको थियो ।

०६० स्थापना भएको उक्त केन्द्रमा स्थानिय विपन्न समुदायका १६ जना बालबालिका अध्ययन गर्दै आएका छन । बाल बिकास केन्द्रमा खानेपानी,बिद्युत तथा पंखा जडान र पाठ्य सामग्री उपलब्ध भएपछि बालबिकास शिक्षिका दुर्गा देवि शुनारले खुसि ब्यक्त गरेकि छिन । नवदुर्गा कालिका प्राविका प्रअ नर बहादुर धामी सञ्चालन गरेको कार्यक्रममा रास्वपा नेता कार्यकर्ताहरु सहित स्थानीयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित