रत्नपार्कमा गणतन्त्र र राजतन्त्रको पालोपालो हुंकार — एकै थलोमा दुई थलोको सपना

काठमाडौँ, जेठ १५ : आज गणतन्त्र दिवस। एकथरिका लागि उत्सव, अर्कोथरिका लागि असन्तोषको प्रतीक। रत्नपार्कको एउटा कुनामा गणतन्त्र जिन्दावाद, अर्को कुनामा राजा आउ देश बचाउ। ठाउँ एउटै, विचार फरक — कार्यक्रम भने पालैपालो!

गणतन्त्रको जयगान गर्दै नेकपा एमालेले जेठ १५ का दिन रत्नपार्कमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो। उता, महिनौंदेखि ‘राजसंस्थाको पुनःस्थापनाको निर्णायक क्षण यही हो’ भन्दै ढोला कसेका राजावादीहरू — राप्रपादेखि विभिन्न अभियानसम्म — ले पनि उही स्थान रोजे।

सार्वजनिक ठाउँ हो, जे पायो त्यही नाराले भरिने त भयो! अन्ततः जिल्ला सुरक्षा समितिले ‘शान्ति’ कायम गर्न लोकतान्त्रिक तरिका अपनायो — पालो बाँड्ने!

निर्णय यस्तो आयो: एमालेले २ बजेसम्म नाराको चर्को डेसिबल निकाल्न पाउने, त्यसपछि राजावादीले चिल्ला स्वरमा ‘राजा फर्क’ भन्दै माइक समाउने। यसरी रत्नपार्क आज ‘पल्टिने पालो’ खेल्ने राजनीतिज्ञहरूको अस्थायी युद्धक्षेत्र बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित